प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाएपछि….


बुटवल : बुटवलको मिलन चोकस्थित कलश होटलमा प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाएका छन् ।

होटलमा गैँडाको खाग तस्कर बसेको सूचना प्रहरीले पाएका थिए । लगत्तै प्रहरीको टोली पुगे । तस्करले थाहा पाएपछि प्रहरीकै पेस्तोल खोसेर गोली चलाउँदा अर्का तस्करलाई नै लागेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार गोली लागेर घाइते अर्का तस्करको उपचारलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । पहिचान खुल्न नसकेको उनको चिउडोमा गोली लागेको छ।

प्रहरी भने सकुशल रहेको बुझिएको छ । प्रहरीले होटलबाट दुई जनालाई पक्राउ गरेको छ । एकजना होटलको कोठाबाट हाम फालेर फरार भएको प्रहरीको भनाई छ ।

गैँडाको खाग भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार तस्करको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 6 December 2020 11:01 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ