भारतमा चर्किएको किसान आन्दोलनमा सहभागी हुन लागेका उत्तर प्रदेशका पूर्व मूख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पक्राउ गरिएको छ ।
उत्तर प्रदेशको कन्नौजमा हुनलागेको ‘किसान यात्रा’मा सहगाभी हुन सोमबार घरबाट निस्केका यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवलाई कन्नौज जानबाट रोक्नका लागि लखनऊस्थित उनको घरबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरीले बाटोसमेत रोकेको थियो ।
घर बाहिर निस्कदा प्रहरीले रोकेपछि उनी आफ्ना पार्टीका कार्यकर्ताका साथमा सडकमै धर्ना बसेका थिए । धर्नामा बसेका अखिलेशका साथै समाजवादी पार्टीका अन्य केही कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएपनि छाड्ने कि मुद्दा चलाउने विषयमा केहि प्रतिक्रिया जनाएका छैन । यतिबेला भारतमा सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलन चर्किएको छ ।