काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको भइरहेको छ ।
लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश नं २ मा आंशिक बदली भइरहेको छ । अझै तीन दिनसम्म देशका अधिकांश भागमा बदली हुने भएको छ ।
न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जानकारी दिएका छन् ।
बदली भएपनि वर्षा भने एकदमै कम रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री र अधिकतम तापक्रम २०.२ डिग्री सेल्सियस छ ।
अहिले सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.० डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस छ ।