माइतीघरमा फेरी आन्दोलन सुरु गरे मधेसका उखु किसान, हेर्नुस् फोटोहरु


काठमाडौं : उखु किसानहरुले आजदेखि काठमाडौंमा आन्दोलन थालेका छन् ।  चिनी उद्योगहरूबाट उखुको रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका हुन् ।

यसअघि २३ कात्तिकमा किसानहरु उखु किसानको न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए ।

विभिन्न चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड रुपैया रकम उठाउन यो पटक निर्णायक आन्दोलन हुने किसानका प्रतिनिधीको भनाइ छ। देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएको किसानहरूको भनाइ छ।

प्रकाशित : २०७७ मंसिर २८, आईतवार १३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ