जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी सुरु, आज नगर दर्शन


जनकपुरधाम : जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ ।

तर कोरोना माहामारीका कारण विवाह पञ्चमी प्रभावित बनेको हो ।‌ पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन विधि गरिदैछ । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।

कोरोना कारण नगर दर्शनमा जनकपुरधामका साधुसन्त मात्र सहभागी हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण यसवर्ष विधि मात्र गर्ने तर भीडभाड हुन नदिने बताए ।

यता, सुरक्षा समितिले विवाहपञ्चमीको अवसरमा मेला लाग्न नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गराउन आजदेखि ठुलो संख्यामा प्रहरी प्रहरी परिचालन गरिने बताइएको छ ।

विवाहपञ्चमीको मुख्य दिन पुस ४ गते पर्छ । यसवर्ष भारतको अयोध्याबाट जन्ती समेत आउने छैन ।

प्रकाशित : २०७७ मंसिर २९, सोमबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ