घरमा आगो लाग्दा १४ वर्षीय बालकको मृत्यु, आमा-छोरा पनि घाइते


विराटनगर : घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १४  झटियायीमा रहेको राजेश दासको घरमा शुक्रबार राति आगलागी भएको हो ।

प्रहरीका अनुसार दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो । आगलागीमा परी राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

जाडोमा ताप्नका लागि बालिएको घुरबाट आगलागी भएको अनुमान प्रहरी को छ । स्थानीयबासी प्रहरी, वारुणयन्त्र मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ ।

प्रकाशित : 20 December 2020 9:43 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ