संसद् विघटनको सिफारिससँगै सेनासहितका सुरक्षा निकाय हाइ अलर्ट !


काठमाडौं : मन्त्रिपरिषद्‍को बैठकले संसद् विघटनको नर्णय गरेसँगै चारै वटा सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजरी गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यायदेवी भण्डारीलाई सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले नेपाल लाइभलाईभ जानकारी दियो । ‘सरकारबाट कुनै पनि निर्देशन आएको छैन । तर विघटनको सिफारिससँगै चुनौतीलाई दृष्टिगत गरी हामीले मातहतका निकायलाई उच्च सतर्कता निर्देशन दिएका छौं,’ मुख्यालय स्रोतले नेपाल लाइभसँग भनेको छ ।’

यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूमा निर्देशन जारी गरेको छ । सैनिक स्रोतले भनेको छ, ‘सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ ।’

यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।

– नेपाल लाइभ

प्रकाशित : २०७७ पुष ५, आईतवार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ