काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटनको प्रस्ताब गरेको प्रतिक्रिया दिएका छन् ।
उनले संसद विघटनबारे संविधानमा व्यवस्था नै नभएकाले प्रधानमन्त्रीको कदम गैर-संवैधानिक भएको बताए । उनले संसद विघटनको प्रस्ताब संविधान र व्यवस्था विपरित भएको पनि बताए।
प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिलाई भेटेर बुझाइसकेका छन् । संसद विघटन प्रस्तावको व्यापक विरोध भइरहेको छ ।