Breaking- राष्ट्रपतिद्वारा संसद विघटन


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन गरेकी छिन् ।

आइतबार बसेको मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको थियो । बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेर निर्णयबारे जानकारी गराएका थिए ।

सरकारले सिफारिस गरेको भए पनि राष्ट्रपतिले अनुमोदन नगर्ने आकलन गरिएको थियो ।

प्रकाशित : २०७७ पुष ५, आईतवार १४:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ