संसद् विघटनले राष्ट्रपतिको संस्थामा चोट पुग्यो : पूर्व राष्ट्रपति यादव


काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादवले संसद् विघटन गर्ने कदमले राष्ट्रपतिको संस्थालाई चोट पुर्‍याएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा बोल्दै पूर्व राष्ट्रपति यादवले भने, ‘संविधान विपरीत कदम उहाँले चाल्नुभएको छ । त्यसकै कारण राष्ट्रपतिको संस्थामाथि देशबासीले कुरा उठाइरहेका छन् । देशको संरक्षक, त्यो संस्थाको गरिमा, कहीँ त्यो कुरा मिलिरहेको छैन ।’

डा. यादवले ‘जनताको सर्वोच्च निकाय संसद् हो त्यहीँबाट समाधान खोज्नुपर्थ्यो’ भनेका छन् । उनले भने, ‘म आशा गर्छु अब यसमा सर्वोच्च अदालतको त्यसमा ध्यान पुगोस्, पुग्नैपर्छ । विनम्र आग्रह पनि त्यही छ ।’

उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिले हस्ताक्षर गरेर संविधान बनाएको हो (आइतवारको घटनाबाट) म अत्यन्त मर्माहत भएको छु । सर्वोपरी नेपाली जनता चेतनशील नागरिक मर्माहत भएका छन् । आजसम्म मैले यो संस्थाहरूको बारेमा टिप्पणी गर्ने गरेको थिइन तर यसपटक म मर्माहत भएर यो टिप्पणी गरेको हुँ ।’

प्रकाशित : 21 December 2020 3:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ