काठमाडौं : उखु किसानहरुले आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिनयता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ ।
गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराए पनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।
सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म कुनै पनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् ।
उखु किसानहरुले आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।