महिला प्रधानमंत्री कप : सरस्वतीको कप्तानीमा प्रदेश २ को क्रिकेट टोली घोषणा


काठमाडौं : अगामी शनिबारदेखि दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन गईरहेको महिला प्रधानमन्त्री कपका लागि प्रदेश २ को टोली घोषणा गरिएको छ ।

प्रदेश २ क्रिकेट संघले बुधबार घोषणा गरेको १४ सदस्यीय टोलीको नेतृत्व सरस्वती चौधरीले गर्ने छिन् । टोलीको उप-कप्तानीको जिम्मेबारी सोभा आलेले पाइन् । टोलीमा उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कबिता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, सना प्रविन, नितु चौधरी र चादँनी अधिकारी रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीको रुपमा दुर्गा कार्की,मान्सी चौवान, प्रतिमा साह र रचना अर्याललाई चयन गरिएको छ । यस्तै सुनिल शाहको प्रशिक्षणमा रहेको टोली ब्यबस्थापक अनिल शर्मा रहेका छन् ।

प्रदेश २ प्रतियोगिताको समूह ए मा रहेको छ । जसमा विभागीय टोली एपीएफ, लुम्बिनी र कर्णाली रहेको छ । जसअन्तर्गत प्रदेश २ ले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीको सामना गर्नेछ ।

यस्तै अर्को समूहमा सुदुर पश्चिम, बाग्मती, गण्डकी र प्रदेश १ रहेका छन् । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रकाशित : २०७७ पुष ९, बिहीबार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ