प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव समूहको आजदेखि आन्दोलन शुरु


काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थितिले सत्तारुढ नेकपामा स्पष्ट दुई पक्षले फरक फरक पार्टीको अभ्यास शुरु गरेका छन् ।

यद्यपि उनीहरु औपचारिक रुपमा टुक्रिसकेका भने छैनन् । केपी ओलीको कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सडक संघर्ष शुरु गरेको छ ।

हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।

पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघरमण्डलमा र १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिनेछ ।

नेकपाको हिजोको बैठकले यो महिनाभरिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित : २०७७ पुष १०, शुक्रबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ