ओली भष्मासुर हुन्, असारमै ठेगान लगाउनुस् भन्दा प्रचण्ड-नेपालले मान्नुभएन : बाबुराम


काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँएका छन् ।

आइतबार पार्टीले काठमाडौंमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड-नेपाल मुक्त भएको भट्टराईको भनाइ छ । प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘यो भष्मासुर हो, यसले हात राखेपछि माहादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास दोहोर्याएको बताए ।

उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन् । चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ ।

प्रकाशित : 27 December 2020 4:55 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ