भारतमा पनि आइपुग्यो नयाँ कोरोना, ६ जनामा संक्रमण पुष्टि


नयाँदिल्ली : बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा समेत देखापरेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट पुगेका ६ यात्रीमा नयाँ कोरोनाभाइरस पुष्टि भएको हो । मन्त्रालयको निर्देशनअनुसार संक्रमितलाई भारतका विभिन्न ठाउँका अस्पतालमा भर्ना गरिएको छ ।

२५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतका विभिन्न सहरबाट ३३ हजार यात्रु भारत पुगेका थिए ।संक्रमित ११४ जनामध्ये नयाँ प्रजातिको कोरोना ६ जनालाई पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अन्य संक्रमितको स्वाबलाई प्रयोगशालामा पठाइएको छ ।

बेलायतबाट फर्किएका ६ जना नेपालीमा कोरोना देखिएपनि नयाँ प्रजातिको हो वा होइन भन्ने पुष्टि गर्न नमुनालाई हङकङ पठाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनमै यसबारे पुष्टि हुने जनाइएको छ ।

प्रकाशित : 29 December 2020 11:41 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ