ओलीलाई जनकपुरमा बमले स्वागत हुन्छ : नेता बरबरिया


जनकपुरधाम : संसद विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले जनकपुरमा समेत मंगलवार विशाल शक्ति प्रदर्शन गरेको छ ।

रेल्वे स्टेशनबाट निकालिएको प्रदर्शन जनकपुरको विभिन्न भागमा परिक्रमा गरी पुनः त्यही पुगेर कोणसभा गरेका थिए । शक्ति प्रदर्शनका क्रममा जनकपुरको विभन्न चोकमा नेताहरूले उत्तेजक भाषणा गरे।

धनुषा इन्चार्ज श्रवण बरबरियाले भने, ‘राजा विरेन्द्र जनकपुर आउँदा जसरी बमले स्वागत भएको थियो। केपी ओलीलाई पनि त्यसरी नै स्वागत हुन्छ ।’ जनता सत्ताको पूजारी नहुने गरेको भन्दै संसद पुर्नस्थापना नभए जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिए ।

प्रदर्शनका क्रममा पूर्वमन्त्री समेत रहेका नेकपा नेता रामचन्द्र झा, प्रदेशसभा सदस्य शत्रुधन महतो लगायतले सम्बोधन गरे । उनीहरू पनि ओलीविरुद्ध खनिए । अदालतले प्रभावमा पररे संसद पुर्नस्थापनाको फैसला नसुनाए देशमा ठूलो दुर्घटना हुने उनीहरूले चेतावनी दिए । ओलीले देश र जनतालाई धोका दिएको उनीहरूको भनाइ थियो ।

प्रकाशित : २०७७ पुष १५, बुधबार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ