जनकपुरमा बेसराहाको सहारा बन्ने टोली, मेयर साहले गराए भोजन


जनकपुरधाम : बेसराहाको सहारा बन्ने टोली जनकपुरधाममा आएका छन् । सडकको छेउँछाउँ माँगी खाने, सन्तुलन बिग्रेका व्यक्तिहरुलाई मानव सेवा आश्रममा राख्ने एउटा टोली मंगलवार जनकपुरधाम आएका हुन् ।

मेची महाकाली यात्राको क्रममा आएका सो टोलीले जनकपुरधामसम्ममा करीब १४ जना बेसहारा अर्थात माँगी खाने, मानसिक सन्तुलन बिग्रेकालाई गाडीमा बसाएर, नुहाईधोई नयाँवस्त्र समेत दिएका छन् ।
बर्दिवास, महेन्द्रनगर, तथा जनकपुरधामको सडक छेउँमा रहेका मानसिक सन्तुलन बिग्रेकालाई मंगलवार जनकपुरधाम उपमहानगरपालिकामा ल्याउँदा महानगरपालिकाका मेयर लालकिशोर साहले उनीहरुलाई भोजना गराएका छन् ।

त्यस्तै मानवसेवा आश्रमका पदाधिकारीहरुले नयाँ वस्त्र दिएर उनीहरुलाई प्रदेश २ को वीरगञ्जमा रहेको आश्रममा पठाइएको छ ।

मानव सेवाको आश्रम मकवानपुरको हेटौडामा मुख्य कार्यालय रहेको जनाइएको छ । मानव आश्रमका सञ्चालक रामजी अधिकारी रहेका छन् ।

मानवसेवा केन्द्र सातवटै प्रदेशमा र १४ वटा जिल्लाको २२ वटा स्थानमा रहेको सञ्चालक पक्षले जनाएका छन् । अहिलेसम्म १४ सय मानसिक सन्तुलन बिग्रेकाहरुलाई आश्रम राखेर देखाभाल गरिरहेको बताइएको छ ।

जनकपुरधाम आउने क्रममा सडक पेटीमा रहेका त्यस्ता व्यक्तिलाई जनकपुरधाम उप-महानगरपालिकामा नुहाईधोईका साथै नयाँ वस्त्र दिएको छ ।

प्रकाशित : २०७७ पुष १५, बुधबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ