कोरोनाको नयाँ संक्रमण फैलिएपछि दिल्लीमा कर्फ्यु घोषणा


एजेन्सी : कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो । डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने जानकारी दिएको छ ।

नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने भएको छ । सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । नयाँ वर्षको उमंग मनाउन भीडभाड गर्न पनि पाइने छैन ।

उत्परिवर्तन (म्युटेसन) भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । नयाँ स्ट्रेन यसअघिको भन्दा ८० गुणा धेरै संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन् ।

प्रकाशित : २०७७ पुष १६, बिहीबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ