काठमाडौं : लुम्बिनी चिनी मिलका मालिक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, बानेश्वरको निर्देशनमा उनलाई प्रहरीले पर्साबाट पक्राउ गरेको हो ।
प्रदेश २ प्रहरीका अनुसार पक्राउ परेका अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ । किसानको उखुको रकम समयमा भुक्तानी नगरेपनि गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन दिएको थियो ।