धनुषा : गोठमा गाडिएको अवस्थामा बालकको शव भेटियो, ५ जना पक्राउ


धनुषा : धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । बिदेह नगरपालिका २ दुहबी बस्ने जिवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरी गोठान शव गाडिएको अवस्थामा विहान फेला परेको हो ।

बालकको हत्या आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव राय लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । घर अगाडी खेल्ने क्रममा बुधबार दिउँसोबाट बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी दुहवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ पुष १७, शुक्रबार १३:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ