जन्मकैद सजाय पाएका रेशम चौधरीलाई छुटाउन आन्दोलन घोषणा


काठमाडौं : कैलालीकाे टीकापुर घटना अभियाेगमा जन्मकैद सुनाइएका रेशम चौधरीलगायतकाे रिहाइ माग गर्दै आन्दोलन घाेषणा गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाललगायत २१ संघ/संगठनले टीकापुर थरुहट/ थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियान गठन गरी आन्दोलन घाेषणा गरेका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुले कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते दोषी ठहर गरेको फैसलालाई वस्तगुत अनुसन्धानमा आधारित नभई पूार्वग्रही ढंगले उच्च अदालत दिपायलले २०७७ पुस २ गते सुरु सदर, उल्टी र थप सजाय गरेकामा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

राज्यको सुरक्षा निकायको एकपक्षीय प्रमाणका आधारमा झुटाे मुद्दा लगाई सजाय ताेकिएकाे अभियानको आरोप छ । त्यसविरुद्ध अभियानले यही पुस २० गतेदेखि फागुन ४ गतेसम्म आन्दोलन घोषणा गरेकाे हाे । दुई चरणका कार्यक्रमअन्तर्गत विभिन्न सरोकारवालासँग अन्तरक्रिया, विभिन्न जिल्लामा धर्ना, प्रदर्शन र ज्ञापनपत्र बुझाउनेलगायत गतिविधि गर्ने भनिएकाे छ ।

तराई-मधेसका स्थानीय प्रतिनिधिलाई पेनडाउन गराउने, महिलाले झाडु जुलुस गर्नेजस्ता कार्यक्रम बनाइएका छन्। त्यस्तै फागुनमा लाठी जुलुस, आमासभा तथा अन्तिममा जेल भराई कार्यक्रमसमेत गर्ने अभियानले जनाएकाे छ ।

अभियानमा जनता समाजवादी पार्टी नेपाल, आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा, तराई-मधेस राष्ट्रिय परिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल राष्ट्रिय पार्टी, नेपाल राष्ट्रिय परिषद्, खसान संयुक्त संघर्ष समिति, मगरात संघर्ष समिति, नेपा राष्ट्रिय पार्टी नेपाल लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, बौद्धिक पेशाकर्मी महासंघ, प्रेस नेपाल, संघीय कानुन व्यवसायी संगठन, समाजवादी विद्यार्थी युनियन, अखिल नेपाल जनजाति महासंघ, आदिवासी जनजाति महासंघ, थरुहट थारुवान राष्ट्रिय युवा शक्ति, किरात मोर्चा र थारुहत थारुवान राष्ट्रिय महिला मोर्चा आबद्ध छन् ।

प्रकाशित : २०७७ पुष १८, शनिबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ