महोत्तरी : पेस्तोल बोकेका भारतीय नागरिक मण्डल र दास पक्राउ


महोत्तरी : महोत्तरीबाट सशस्त्र प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढीका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास रहेका छन् ।

शुत्रबार राती मनरासिस्वा नगरपालिका १० स्थित मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग झगडा गरेर दशगजातिर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रको बोर्डर आउट पोस्ट मरुवाहीबाट खटेको घुम्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ राउन्ड (७.६५ सेमी) लोडेड अटोमेटिक पेस्तोल १ नाल र स्प्रिङ चक्कु १ थान बरामद गरिएको सशस्त्र प्रहरी–९ नम्बर गण जलसागर महोत्तरीका एसपी सुरेश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका दुई व्यक्तिमाथि थप अनुसन्धान गर्न माग गर्दै हतियारसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको एसपी सापकोटाले जनाए ।

प्रकाशित : 2 January 2021 1:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ