पाकिस्तानमा मन्दिर तोडफोड : सुरु भयो विरोध, भारतले भन्यो- घटनामा संलग्नलाई कारवाही गर
 


काठमाडौं : हालै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा मन्दिर तोडफोड भएको विषयमा भारतको ध्यानाकर्षण भएको छ ।

यसैहप्ताको बुधबार पाकिस्तानमा रहेको मन्दिरमा तोडफोड भएको थियो । यस घटनालाई लिएर भारतले दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा सम्पर्क गरेको छ ।

भारतीय विदेशमन्त्रालयले पाकिस्तानी आयोगलाई मन्दिरमा भएको आक्रमणको अनुसन्धान साझा गर्न भनेको छ । भारतले यस घटनामा आवद्ध सबैलाई कडा कारवाही गर्न पाकिस्तानसँग आग्रह गरेको छ ।

पाकिस्तानमा पनि मन्दिर तोडफोडको विषयमा विरोध भएको छ । द हिन्दुका अनुसार पाकिस्तानी उच्च आयोगले जवाफमा भनेको छ, ‘पाकिस्तान सरकार यो विश्वास दिलाउन चाहन्छ कि अल्पसंख्यक समुदायको सुरक्षा र उनीहरुको हितमा हामी ध्यान दिन्छौं ।’

पाकिस्तानी संचार माध्यमका अनुसार करक जिल्लामा रहेको हिन्दुहरुको मन्दिरमा सन् १९९७ पछि दोस्रोपटक तोडफोड भएको हो । त्यहाँको प्रान्त सरकारले तत्काल ३० भन्दाबढीलाई यस घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गर्न आदेश दिइसकेको छ ।

प्रकाशित : २०७७ पुष १८, शनिबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ