जनकपुरधाम : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले आज जनकपुरधाममा शक्ति प्रदर्शन गर्न लागेको छ ।
उप-प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा शक्ति प्रदर्शन गर्न अहिले नेता कार्यकर्ता रेल्वे स्टेशन परिसरमा जम्मा हुन थालेका छन् । प्रदर्शनमा ओली समुहका नेता रघुवीर महासेठ, मंत्रीहरु प्रभु साह, लीलानाथ श्रेष्ठ, जुली महासेठ लगायतले सहभागी हुने बताइएको छ ।
प्रदर्शन नेकपा प्रदेश पार्टी कार्यालयमा पुगेर सभामा परिणत हुने एक नेताले जनाए । उता, प्रचण्ड-नेपाल समुहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई आजे हटाउने बताइएको छ ।