जनकपुरधाम : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र पुर्वमन्त्री रघुविर महासेठले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका ११ मा पुलको शिलान्यास गरेका छन् । त्यहाँको जिराईडाँडा सुन्दरी खोलामा पुलको शिलान्यस गरिएको छ ।
१७ करोडको लागतमा ११० मिटर लामो पुल बन्ने मन्त्री महतोले बताएकी छन् । उनले भनिन्, ‘पुल नहुँदा वर्षायाममा नदी पार गर्न ठूलो समस्या हुन्थ्यो । सडक नै अवरुद्ध हुन्थ्यो । पुल बनेपछि यस भेगका हजारौं मानिसलाई आवतजावत गर्न सहज हुन्छ ।’
पुल निर्माणको ठेक्का कालिका कन्ष्ट्रक्सन प्रालि भरतपुरले पाएको छ । २८ महिनामा पुल निर्माण गर्ने सम्झौता गरिएको छ । मन्त्री महासेठले समयमा पुल निर्माण गर्न ठेक्का पाएका कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिएकी छन् ।
पुल शिलान्यास कार्यक्रममा प्रदेश सांसद सारदा थापा, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।