प्रहरी हवल्दार भण्डारी १० हजार घुस रकमसहित पक्राउ


काठमाडौं : ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन् ।

भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : 12 January 2021 5:14 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ