सर्लाही : प्रहरीले सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवल किशोर साह र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४० वर्षीया उर्मीला देवी साह छन् ।
उनी दुबैजनालाई १० किलो गाँजासहित प्रहरीले ईश्वरपुर नगरपालिका १३ स्थित रेलवे फाँटबाट पक्राउ गरेको बताइएको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार उनीहरु ज ११ प ७९७१ नम्बरको मोटरसाइकल चढेर जाँदै थिए ।
उनीहरु गाँजा कहाँबाट ल्याएको र कहाँ लग्दै थियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको र आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।