तराईमा हुस्सु–कुहिरो, आन्तरिक उडान समेत प्रभावित


काठमाडौं : तराईका विभिन्न जिल्लामा बिहानपख हुस्सु–कुहिरो लाग्ने गरेको छ । अहिले पनि सो क्षेत्रमा कुहिरो लागिरहेको छ । कुहिरोका कारण आन्तरिक उडान समेत प्रभावित बनेको हो ।

कुहिरोसँगै मानिसहरूको दिनचर्या पनि प्रभावित बनेको छ । सवारीसाधनलाई आवतजावतमा पनि समस्या भएको छ । जाडो छल्न मानिसहरू आगो तथा हिटर तापेर बसिरहेका छन् ।

यस्तै आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशका अधिकांश भू(भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : 15 January 2021 11:20 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ