बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा


जनकपुरधाम : प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो सहिद भएका थिए । पहिलो सहिद महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आएको छ ।

दिवसका दिन प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानमा सभाको आयोजना गरेको छ ।

प्रकाशित : २०७७ माघ ४, आईतवार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ