राजविराज : सप्तरीमा एक एचआइभी संक्रमित किशोरीको मृत्यु भएको छ । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचाररत किशोरीको आइतबार साँझ मृत्यु भएको अस्पतालले स्रोतले जनाएको छ ।
एचआइभी एड्सबाट पीडित राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार उनका बाबुआमाको पनि एचआइभी एड्सबाट नै मृत्यु भएको थियो । बाबुआमाकै कारण जन्मैदेखि उनमा एचआइभी भाइरस संक्रमण भएको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि ती किशोरी दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएकी थिइन् । मृतक अमैयाका १२ वर्षीय भाइलाई पनि एचआइभी संक्रमण छ।