फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक चढ्यो, १५ जनाको मृत्यु


एजेन्सी : भारतको गुजरात निकै भयानक दुर्घटना भएको छ । सडकको फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि सडकमा गुडिरहेको एउटा ट्रक चढेको छ। गएराति गुजरातको कोसाम्बामा घटना भएको हो । जसमा परी १५ जनाको मृत्यु भएको छ ।

भारतीय मिडियामा आएका खबर अनुसार ती सबै मजदुरहरु राजस्थानको कुशलगढ क्षेत्रका हुन् । उनीहरु गुजरातको कोसाम्बा क्षेत्रमा रहेर मजदुरी गर्दै आएका थिए ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै आएका खबर अनुसार १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको मृत्यु अस्पताल पुगेपछि भएको थियो । मृत्यु हुनेमा मजदुरहरुको दुई बच्चाहरु समेत छन् ।

सडकमा गुडिरहेको ट्याक्टरसँग ठक्कर खाएर ट्रक अनियन्त्रित भई फुटपाथमा चढेको भारतीय मिडियाहरुले खबर दिएका छन् ।

प्रकाशित : २०७७ माघ ६, मंगलवार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ