तस्करीका डिजेलसहित २ जना पक्राउ


मोरङ : भन्सार छलेर ल्याएको डिजेल सहित २ जनालाई पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर डिजेल सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा को. २ स. १८०७ नम्बरको सिटी रिक्साका चालक विराटनगर महानगरपालिका-११ बस्ने ४५ वर्षीय नरेश सहनीलाई करिब ४ सय लिटर र बा.१६ प ३७०२ नम्बरको मोटरसाइकलका चालक सुनसरी साहेबगंज बस्ने १८ वर्षीय किशोरलाई करिब १ सय ७५ लिटर डिजेल सहित प्रहरीले पक्राउ गरेको हो । साथै को. ३ प. ३३६१ नम्बर, को. २ प. २४३० नम्बर र को.५ प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा ५ सय २५ लिटर डिजेल समेत प्रहरीले बरामद गरेको छ ।

हाल फरार ३ जना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : २०७७ माघ ७, बुधबार १३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ