संसद विघटनविरुद्ध राजविराजमा जसपाको विशाल शक्ति प्रदर्शन


टुडेखोज, जनकपुरधाम :

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज सप्तरीको राजविराजमा विशाल शक्ति प्रदर्शन गरेको छ । राजविराजको विभिन्न भागमा जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनमा जसपा अध्यक्ष उपेन्द्र यादव, बरिष्ट नेता राजेन्द्र महतो, नेतृ रेणु यादव, नेता मनिष सुमनलगायतका नेता कार्यकर्ता सहभागी छन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शन पश्चात हुने सभामा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७७ माघ ७, बुधबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ