विराटनगर : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्रतिक्रियावादी एजेन्ट’ भएको आरोप लगाएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘केपी ओली बेइमान, धुर्त, ठग र भस्मासुर हुन ।’ अहिले केपीको पक्षमा सबै धुपौरेहरु मात्र छन्, ओली प्रतिक्रान्तिकारी, दलाल पूँजीपतिको हितमा काम मात्र गर्ने एकमात्र व्यक्ति भएको बताए।
‘यो संसद विघटन होइन, संविधान विघटन गरिएको हो । पहिलो पटक सार्वभौम अधिकारमाथिको हमला केपी शर्मा ओलीबाट भएको हो’ प्रचण्डले भने, ‘संसद विघटन ‘प्रतिगमन र प्रतिक्रान्ति कदम हो ।’
केपी ओलीको खुट्टी आफूले देखेको भन्दै प्रचण्डले भने,‘ओली तानाशाही हुन, उनी अहिले देशभित्र गुण्डागर्दी गदैंछन् । केपी ओलीले ‘इतिहासमा कंलकको टीका’ लगाएका छन् । ओलीको छोरा-छोरी नभएको भन्दै उनले आफ्ना हुनमानहरुलाई छोराछोरी बनाएका छन् ।’
केपी ओलीले अत्याचार गर्न खोजे निकै भावुक शैलीमा प्रचण्डले जनयुद्धमा आफ्ना छोरा छोरी रोल्पामा आन्दोलनमा सहभागी गराएका बताए । प्रचण्डले भने ‘जनयुद्ध र जनआन्दोलनबाट बनेको संविधान हो । म युद्व र शान्तिको नेतृत्व गर्ने एकमात्र भाग्यमानी नेपाली हुं ।’
केपी ओलीलाई प्रतिकान्तिकारीको गोटी भन्दै उनले पार्टी एकता गर्दा सिद्वान्त भुलेका ओलीलाई सडक र सदनबाट कारवाही गर्ने चेतावनी दिए । आफू समाजवादको नयाँ मोडेल बनाउने एकमात्र सपना लिएर अघि बढेको भन्दै प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा आफूमात्र रहेको बताए ।
केपी ओलीका मान्छेले गरेको सेटिङ भत्काउने भन्दै आफूहरुसँग ७० प्रतिशत नेता कार्यकर्ता रहेको र अदालतले पनि हाम्रो पक्षमा निर्णय गर्ने दावी गरे ।प्रचण्डले आगामी २८ गते काठमाडौंमा हुने आमसभा अन्तिम र निर्णायक हुने बताए ।