प्रदेश २ : श्रोत नखुलेको ४ लाख रुपैयाँसहित यादव पक्राउ


जनकपुरधाम : रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षीय सुरेन्द्र यादव छन् । प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपियो गाडीमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । पछिल्लो समय प्रदेश २ मा स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या बढेको छ ।

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ