लहान : कानून मन्त्री लीलानाथ श्रेष्ठले हेमनारायण यादवको हत्यारालाई चाँडै कानूनी दायरामा ल्याउने बताएका छन् । आईतवार साँझ आफ्नै निवास सिरहाको चोहर्वामा पत्रकार सम्मेलन गरी मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले यादवको हत्या पत्ता लागिसकेकाले कानूनी दायरामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पहल गरिरहेको बताए । उनले भने, ‘हत्या भएको १७ वर्ष वितिसकेको छ । तर हत्यारालाई कानूनी दायरामा अझै आउन नसक्नु दुःखद हो ।’
उनले तत्कालिन साँसद यादवको हत्यामा चोहर्वामा रहेको तत्कालिन इन्द्रध्वज गंणका प्रमुख कर्णेल बाबुकृष्ण कार्कीको संलग्न रहेको विभिन्न प्रतिवेदनहरुबाट खुलिसकेको दावी समेत गरे ।
भोली सोमवार यादवको १७ औं स्मृति दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सिरहा सदरमुकाम आउन लागेका छन् । सिरहामा शहिद यादवको शालिक रहेको छ ।