प्रदेश २ : मनी चेन्जर सञ्‍चालक ५ लाख भारुसहित पक्राउ


पर्सा : प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्‍चालकलाइ पक्राउ गरेको छ ।

अवैध भारतीय रुपैयाँ सहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका ९ स्थित रहेको मनोकामना मनी चेन्जरका सञ्‍चालक गोपाल प्रसाद सोनार रहेका छन् ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले मनी चेन्जर संचालक सोनारलाइ अबैध भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रतिवन्धित भारतीय रु ५ सयको नोट १ हजार १ सय १५ थान गरी रु ५ लाख ५७ हजार ५ सय, प्रतिवन्धित भारु २ सयको नोट ७० थानमा रु १४ हजार चौध हजार साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसँगै गैर कानूनी रुपमा कारोबार भईरहेको भारु १०० को नोट ४१ थानमा रु ४ हजार १ सय, भारु ५० को नोट १७० थानमा रु ८ हजार ५ सय गरी जम्मा ५ लाख ८४ हजार १ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ।

साथै नेपाली रु ३ लाख ९२ हजार नगद,दुई वटा सिम र एक थान मोबाईल पनि बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । अवैध रकम सहित पक्राउ परेका कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पाण्डेले बताए ।

प्रकाशित : 31 January 2021 9:05 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ