प्रधानमन्त्री ओलीद्वारा नेपालकै ठूलो ढल्केवर सव-स्टेसनको उद्घाटन


जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सव-स्टेशनको समुद्घाटन गरेका छन् ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्मित ४ सय केभीको सव-स्टेशन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०/१३२ केभी ढल्केबर सव-स्टेसनको प्रधानमन्त्री ओलीले आज विहान उद्घाटन गरेका हुन् ।

सव-स्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेपश्चात प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ढल्केवर सव-स्टेशन भएको बताइएको छ । यो सव-स्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

उनले पूर्व-पश्चिम र ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन ढल्केबरमा चार्ज हुने बताएका छन् । उनका अनुसार  ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ ।

ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिने प्रवक्ता तिम्सिनाले जानकारी दिए । ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको उनको भनाई छ ।

प्रकाशित : २०७७ माघ १९, सोमबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ