गायिका अञ्जु पन्त पुन: विवाह गर्दै, मिति तय हुन बाँकी


काठमाडौं : गायिका अञ्जु पन्तले पुनः विवाह गर्ने भएकी छन् । एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् ।

इलाम घर भएका थिर दुई दशकदेखि काठमाडौंमा बस्छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् । तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

करिब ३ वर्षअघि उनीहरूबीच चिनजान भएको थियो भने एक वर्षदेखि ‘रिलेसनसिप’मा छन् । गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन् ।

उनीहरुकी एक छोरी छन्- पररितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन् ।

प्रकाशित : २०७७ माघ २०, मंगलवार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ