जनकपुरधाम : स्कारपियोले ठक्कर दिएपछि मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार राति बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिएपछि ज ६ प २८३३ नम्बरको मोटरसाइकलमा सवार एक यूवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय २४ बर्षिय दिपेन्द्र महतो छन् । यस्तै सोही मोटरसाइकलमा सवार २० वर्षीय रोशन लामा घाइते भएका छन् । घाइते दिपेन्द्रको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ठक्कर दिने स्कारपियो भाग्न खोजेपनि पक्राउ परिसकेको छ ।