प्रदेश २ सभाको वार्षिकोत्सवमा महिला सांसद बेहोस भएपछि…


जनकपुरधाम : प्रदेश २ को प्रदेश सभाको तेस्रो वार्षिकोत्सव समारोह चलिरहँदा एक महिला सांसद कुर्सीमै बेहोस् भएकी छन् ।

जनता समाजवादी पार्टीकी समानुपातिक सांसद किरण राय यादव बेहोस् भएकी हुन् । कुर्सीमै अचानक बेहोस भएपछि अन्य सांसद र सचिवालयका कर्मचारीले उनलाई उठाएर भवनमा लगेका छन् ।

प्रदेशसभा सचिवालयको एउटा कोठामा उनको उपचार चिकित्सकले गर्दै छन् । गर्मीका कारण उनी बेहोस् भएको एक सांसदले बताए ।

महोत्तरीकी उनले केही समयअघि रक्तदान गरेकी थिइन् ।  प्रदेशसभाले वार्षिकोत्सव मनाउन टेन्ट लगाएकाे  थियाे । वार्षिकोत्सव समारोह जारी छ ।

प्रकाशित : २०७७ माघ २१, बुधबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ