प्रदेश २ का सभामुखको चेतावनी- रकम भुक्तानी नगर्ने कर्मचारीलाई जेल पठाउछु


जनकपुरधाम : प्रदेश २ का सभामुख सरोजकुमार यादवले अघिल्लो वर्षको भुक्तानी अझैसम्म नगरेको भन्दै मन्त्रालयका कर्मचारीलाई जेल पठाउने धम्की दिएका छन् ।

बुधबार आयोजित प्रदेशसभाको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले भने, ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र अघिल्लो वर्षको भुक्तानी गरेको छ । अन्य मन्त्रालयले प्रक्रिया पनि अघि बढाएका छैनन् । अब पनि भुक्तानी प्रक्रिया अघि नबढाए मन्त्रालयका कर्मचारीलाई जेल पठाउँछौं ।’

उनले एक साताभित्र बाँकी भुक्तानी गरिसक्न निर्देशन पनि दिएका छन् । सम्बोधनमा उनले सदनमा सांसदले दिएको जवाफको कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित : २०७७ माघ २१, बुधबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ