जनकपुरधाम : नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले अपराधी र भ्रष्टाचारीलाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन् ।
संसद विघटन र असंवैधानिक नियुक्ति विरूद्ध कांग्रेसका शुभेक्छुक संस्थाहरुले आज जनकपुरको गरेको प्रदर्शन पश्चातको कोणसभामा बोल्दै उनले यस्तो धारणा राखे । उनले निर्मला पन्तको हत्यारा ओली सरकारका मंत्रीकै छोरा-छोरी भएको जिकिर गरे ।
पूर्वमंत्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीकै संरक्षणमा देशमा भ्रष्टाचार मौलाएको आरोप पनि लगाए । उनले संसद विघटन असंवैधानिक र स्वेच्छाचारी भएको भन्दै सबै जनता यसविरुद्ध उभिनुपर्ने पनि बताए ।