ललिता साह, सप्तरी : नेपाल पत्रकार महासंघ शाखा सप्तरीले संचार क्षेत्रका प्रदेश २ कै सर्वोच्च पदमा नियुक्त आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईलाई आईतबार एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
विगत लामो समयदेखि सप्तरीमा बसेर पत्रकारिता गरेका यादव र भट्टराईलाई विहिवार प्रदेस सरकारले अध्यक्षमा नियुक्त गरे । कार्यक्रमको प्रमुख आतिथि रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले बधाइ दिए । उनले अध्यक्षद्वयले प्रदेशको संचार क्षेत्रमा साना लगानीका मिडियालाई प्रवर्द्धन र आर्थिक सुदृढीकरण तर्फ लग्ने विश्वास व्यक्त गरे ।
यसैबीच सप्तरीकै पत्रकारिता क्षेत्रमा गर्व महशुस भएको भन्दै शाखाका अध्यक्ष जितेन्द्र खडगाद्वारा सप्तरीका समग्र पत्रकारहरुले गरेको योगदानको कदर गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरे ।
