१०३ प्राविधिक हवल्दारको असईमा बढुवा, ८८ असईको सरुवा (हेर्नुस् पुरा विवरण)


काठमाडौं : नेपाल प्रहरीका जनपद तर्फका १ सय ३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा भएका छन् । प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप-समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो ।

त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको छ । बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवा भइ पदस्थापन भएको प्रहरी सहायक निरिक्षक ९असई० लाई दर्ज्यानी चिह्न प्रदान गर्न भने बाँकी छ ।

माघ २३ गतेकै प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट ८८ जना प्रहरी सहायक निरिक्षकको सरुवा पनि भएको छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलित नियम अनुसार तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : 8 February 2021 11:52 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ