धनुषा प्रहरीले बिगो मुद्दामा ८० वर्षीय बृद्धलाई समात्यो


जनकपुरधाम : धनुषा प्रहरीले बिगो मुद्दामा फरार एक बृद्धलाई पक्राउ गरेको छ । नगराईन नगरपालिका ६ बस्ने ८० वर्षीय बृद्ध राम बिलास साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाले बिगो मुद्दामा साहलाई ६ महिनाको कैद फैसला सुनाएको थियो । कैद सजाय पाएपछि साह लुकिछिपी बस्दै आएका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध साहलाई पक्राउ गरी अदालतमा पेश गर्दा सिन्धुली कारागार पठाएको छ ।

प्रकाशित : 8 February 2021 9:39 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ