प्रदेश २ सरकारको बजेट खर्च कछुवा गतिमा


कमलेश ठाकुर, जनकपुरधाम : प्रदेश २ मा कोरोनाको प्रभावले विकास निर्माणमा असर परको छ । कोभिड १९ का कारण लामो समयसम्म भएको बन्दाबन्दीले बजेट खर्च सुस्त गतिमा भइरहेको छ ।

प्रत्येक वर्ष असारे विकास गरी बजेट सकाउँदै आएको प्रदेश २ सरकारले यसवर्ष कोरोनाको बहाना देखाउँदै कछुवा गतिमा बजेट खर्च गरिरहेको छ ।कोरोनाको प्रभावले प्रदेश सरकारले ६ महिनामा करिब ९ प्रतिशत बजेट मात्र खर्च गरको छ । चालू आर्थिक बर्ष २०७७/७८ को ६ महिनामा बितिसक्दा पनि सरकारको बजेट खर्चले गति लिन सकेको छैन ।

महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गररे बजेट छुट्टयाएको प्रदेश २ सरकारले काम अगाडि बढाउन नसक्दा यस पटक पनि बजेट न्यून खर्च हुने र धेर बजेट फ्रिज हुने सम्भावना बढेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेटमा साउनदेखि पुससम्म ९ दशमलव ३ प्रतिशत बजेट मात्र खर्च गरको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले जानकारी दिए ।

उनका अनुसार साउनदेखि पुससम्म खर्च भएको यो प्रतिशत प्रदेश सरकारले खर्च गरको जम्मा बजेट हो । प्रदेश सरकारले कुल विनियोजित बजेटमध्ये पुस मसान्तसम्म रु ३ अर्ब २१ करोड ६३ लाख ४८ हजार एक सय २० रुपैयाँ जम्मा बजेट खर्चेको छ । चालूतर्फ १० दशमलव १२ प्रतिशत अर्थात् रु १ अर्ब ५९ करोड ५६ लाख ४० हजार एक सय ३८ मात्रै खर्च गर्न सकेको उनले बताए ।

प्रदेश सरकारले पुँजीगततर्फ झन् न्यून बजेट खर्च गरको देखिएको छ । पुँजीगत तर्फ सरकारले ८ दशमलव ४५ प्रतिशत अर्थात् रु १ अर्ब ६२ करोड ८ लाख ७ सय ८३ रुपैयाँ खर्चेको छ । जबकी प्रदेश सरकारले पुँजीगततर्फ रु १९ अर्व १७ करोड ९८ लाख ९३ हजार र चालूतर्फ रु १५ अर्व ३० करोड १० लाख ९८ हजार विनियोजन गरको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बजेट खर्च सुस्त रहेको स्वीकार गरे । उनका अनुसार बजेट खर्च न्यून हुनुमा कोरोना संक्रमण, कर्मचारी अभाव र पूर्व तयारीको अभाव रहेको छ ।

मन्त्री यादवले कोरोना र कर्मचारी अभावका कारण प्रदेश सरकारले यसवर्ष बजेट खर्च अर्थात् विकास गर्ने लक्ष्य पनि पूरा गर्न कठिनाई हुने बताए ।

‘पहिलो चौमासिकमा काम गर्ने प्लानिब हद्रन्छ । त्यसकारण पनि न्यून मात्रामा बजेट खर्च भएको छ,’ उनले भने, दोस्रो चौमासिकमा टेण्डर र ठेक्का प्रक्रिया सुरु हुन्छ । तेस्रो र अन्तिम चौमासिकमा धमाधम बजेट खर्च हुन्छ ।’

प्रकाशित : 9 February 2021 8:01 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ