भारतीय अभिनेता राजीव कपूरको निधन


एजेन्सी : भारतीय अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ ।

राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख छ । राजीव कपूर ५८ वर्षका थिए ।

उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल रहेको थियो ।

यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् । ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’लाई राजीव कपूरले निर्देशन गरेका थिए ।

प्रकाशित : २०७७ माघ २७, मंगलवार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ