सिरहामा अत्याधुनिक राइस मिल खुल्यो, ४० करोड लगानी, ७० जनाले पाए रोजगारी


लहान : सिरहामा अत्याधुनिक राइस मिल संचालनमा आएको छ । धनगढीमाई नगरपालिका ९ मा अत्याधुनिक कौशल एग्रो राइस मिल संचालनमा आएको हो ।

मंगलवार मिलको उद्घाटन एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले गरे । स्थानीय व्यापारी महेश साहले संचालनमा ल्याएको सो मिलमा ७० जनाले रोजगारी पाएका छन् ।

मिल संचालन गर्न ४० करोड लगानी गर्नुपरेको संचालक साहले जानकारी दिए । उनले यहाँको चामल काठमाडौं र पोखरासम्म पुग्ने गरेको बताए ।

प्रकाशित : २०७७ माघ २८, बुधबार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ