पाप गर्ने ओलीलाई पशुपतिले पनि माफ गर्दैनन् : माधव नेपाल


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने बताएका छन् ।

काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया । केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन ।’

ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए ।

केपी ओली बहुमतको शासन मान्न तयार नभएको बताए । निर्वाचनको आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको बताए ।

‘ओलीले निर्वाचन आयोगमा गएर पार्टीको पहिलाे अध्यक्ष भनेर धम्काएछन् । ओली गुटको र बालकोटको प्रथम अध्यक्ष होलान् । तर, नेकपाको होइन,’ उनले भने, ‘निर्वाचन आयोग अगाडि बढाइरहेको प्रक्रियमा हस्तक्षेप गर्न थालिरहेका छन् ।’

प्रकाशित : 10 February 2021 4:20 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ